Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन सारियो मन्त्रिपरिषद् बैठक एकघण्टा पछि ?

किन सारियो मन्त्रिपरिषद् बैठक एकघण्टा पछि ?

  • बुधवार, मंसिर ३ २०७७

  • 1.5K
    SHARES

  • किन सारियो मन्त्रिपरिषद् बैठक एकघण्टा पछि ?

    काठमाडौं । आज दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एकघण्टा पछि सारिएको छ । सत्तारुढ नेकपाको सचिवालय बैठक बस्ने समय पारेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।

    तर, पछि मन्त्रीहरुलाई बैठक एकघण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज १ बजे बैठक बस्ने समय तय गरेको थियो । सोही समय पारेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।

    मन्त्रिपरिषद् बैठक स्थगित भएपछि अब पहिले सचिवालय बैठक बस्नेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत् सचिवालय बैठक निर्धारित समयमा बालुवाटारमा बस्ने जानकारी दिइसक्नुभएको छ ।

    यसैबीच, पार्टी सचिवालय र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न प्रधानमन्त्री ओली आज पुनः शीतल निवास पुग्नुभएको हो ।

    नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीको सक्रियता बढेको छ । मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गर्नुभएको थियो ।

    कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा ओलीको आलोचना गर्दै १९ पेज लामो प्रस्ताव पेश गरेपछि पार्टीको विवादले उत्कर्षमा पुगेको छ ।
    प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ । तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन् ।

    पूर्वनिर्धारित तालिकाअनुसार आजै बैठक बस्नुपर्ने प्रचण्ड–माधवपक्षको माग छ भने आजको सचिवालय बैठक सार्नुपर्ने पक्षमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र उहाँनिकटका सचिवालय सदस्य छन् ।

     


    बुधवार, मंसिर ३ २०७७१२:३८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij