Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै

  • सोमवार, माघ ७ २०८१

  • 733
    SHARES

  • नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्दै

    एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्नुहुने भएको छ । यसअघि उहाँले आजै शपथ ग्रहण गर्नुहुने छ ।

    शपथग्रहण समारोहमा विश्वका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । शपथअघि उहाँले अमेरिकाको वाशिंगटन डीसीको रंगशालामा आफ्नो विजय र्‍यालीमा समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ ।

    आफ्नो राष्ट्रपति पदको पहिलो दिनमा धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना बनाएको बताउँदै उहाँले आफनो कार्यकालमा अमेरिकी जनताको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    ट्रम्पले आफ्नो नयाँ सल्लाहकार निकाय, डोगे (सरकारी दक्षता विभाग) को प्रचार गर्दै गर्दा एलोन मस्कले पनि छोटो सम्बोधन गर्नुभएको छ । राष्ट्रपतिको शपथका लागि आज वाशिङटन डीसीमा भव्य तयारी गरिएको छ । जसमा हजारौं ट्रम्पका समर्थकहरू भेला भएका छन् ।

    शपथग्रहण समारोह भोली सम्पन्न हुनेछ । शपथ ग्रहण समारोह समितिले सो समारोहका लागि हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी डलर संकलन गरिसकेको छ ।

    समारोहका लागि दश लाख डलर वा सोभन्दा बढी चन्दा दिने चन्दादाताहरु राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरुसँगै चियापान तथा भोजमा सामेल हुनेछन् ।


    सोमवार, माघ ७ २०८१०८:२४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij