Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने थप एकजना पक्राउ

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने थप एकजना पक्राउ

  • आइतवार, माघ ६ २०८१

  • 720
    SHARES

  • वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने थप एकजना पक्राउ

    काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले आज हुम्लाको अदानचुली गाउँपालिका–४ घर भइ काठमाडौं सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भनिने महेन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले उनलाई टोखाबाट पक्राउ गरिएको पुष्टी गर्नुभयो। उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट अनुसन्धान अघि बढाइएको छ ।

    माघ २ गते त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर कुटपिट भएको थियो । प्रहरीले यसअघि कुटपिटको आरोपमा ललित केसी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

     


    आइतवार, माघ ६ २०८१०७:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij