Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा विवादमा भित्रि-बाहिरी चलखेल बढ्यो, नेताहरुको दौडधुप तिब्र

नेकपा विवादमा भित्रि-बाहिरी चलखेल बढ्यो, नेताहरुको दौडधुप तिब्र

  • बुधवार, मंसिर ३ २०७७

  • 1.4K
    SHARES

  • नेकपा विवादमा भित्रि-बाहिरी चलखेल बढ्यो, नेताहरुको दौडधुप तिब्र

    काठमाडौं । बहुप्रतिक्षीत नेकपा सचिवालय बैठक आज बस्ला की नबस्ला भन्ने अन्यौलता देखिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले बैठक स्थगित गर्न चाहेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले बैठक बस्नु पर्ने अडान राखेको छ ।

    अध्यक्ष प्रचण्ड पक्षको पटक पटकको आग्रह र दवावमा गत शुक्रबार बसेको बैठकले आज दिउसो १ बजे बैठक फेरी बस्ने निर्णय गरेको थियो । सचिवालयले गरेको निर्णय कुनै एक अध्यक्षले वा कुनै नेता विषेशले परिवर्तन गर्न नसक्ने भएकाले बैठक बस्ने प्रचण्ड पक्षको तर्क र दावी छ भने ओली पक्षले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक बस्न सकिने अडान राखेको छ ।

    पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित उहाँ पक्षका नेताहरुले प्रचण्डको प्रस्ताव गैरराजनीतिक र कुण्ठापत्र मात्रै भएकाले त्यस बारेमा बैठकमा छलफल गर्न नसकिने बताएका छन् ।

    तर प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले भने प्रस्ताव पाँच नेताहरुले संयुक्त रुपमा तयार पारेकाले त्यसबाट भाग्न नमिल्ने अडान राखेका छन् । एउटा पक्ष प्रचण्डको प्रस्ताव तत्काल फिर्ता हुनु पर्ने र फिर्ता नहुदासम्म बैठक बस्न नसकिने अडानमा र अर्को पक्ष प्रचण्डको प्रस्तावमाथी तत्काल छलफल गर्नुपर्ने अडानमा रहेकाले बैठक थप अन्यौलमा परेको हो ।

    दुबै पक्षको अडान र आरोप प्रत्यारोप कायमै रहेका बेला बैठक बस्दा थप नराम्रो निर्णय हुन सक्ने भन्दै महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ् लगायतका नेताहरुले आजको बैठक अन्त्य गरेर दुई अध्यक्षको मात्रै बैठक गराउनु पर्नेमा लागेका छन् । उनीहरुले दुई अध्यक्षको दुरी न्युनिकरण गरेपछि मात्रै बैठक बस्नु उपयुक्त हुने बताउने गरेका छन ।

    प्रचण्डको प्रस्तावले उत्पन्न गरेको पछिल्लो विवाद चर्किदै गएका बेला दुवै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको छ भने प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत होउ यान्छीले गएराती दुई घण्टा छलफल गर्नु भएको छ । भित्री बाहिरी चलखेल र सक्रियताका बीचमा नेकपा र सरकारको अवस्था के होला भनेर आम चासो र चिन्ता बढेको छ ।


    बुधवार, मंसिर ३ २०७७०८:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij