Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने प्रचण्डको दाबी

अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने प्रचण्डको दाबी

  • शनिवार, माघ ५ २०८१

  • 453
    SHARES

  • अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने प्रचण्डको दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गर्नुभएको छ ।

    मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो ।

    गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने उहाँको दाबी छ ।

    ‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ,’ प्रचण्डले भन्नुभयो, ‘अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’प्रचण्डको दाबी छ ।


    शनिवार, माघ ५ २०८१०४:२७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij