Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव

  • शनिवार, माघ ५ २०८१

  • 428
    SHARES

  • स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख / उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेको छ । निर्वाचनसम्बन्धी ऐनमा उक्त प्रस्ताव राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

    आज धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्ने क्रममा उहाँले यसबारे जानकारी गराउनुभएको हो ।

    ‘स्थानीय तहको मतपत्र छुट्टै भएन, अस्ति हामीले उपनिर्वाचननमा प्रयोग गरेर हेर्यौ । त्यसमा हामी सफल भयौँ । अबको कानुनमा पनि छ । स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ,’ उहाँले भन्नुभयो।

    साथै, उहाँले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने बताउनुभयो।
    ‘प्रत्यक्षलाई नै समावेशी गरियो भने समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिन्छ । समानुपातिक हटाऔँ भनेर आयोगले भन्ने पनि होइन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो ।

    छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो व्यवस्था गर्न सकिने उहाँको भनाइ थियो ।


    शनिवार, माघ ५ २०८१०३:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij