काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको कार्य चैत २९गतेभित्र गरिसक्न निर्देशन सहित परिपत्र गरेको छ।
महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ७७ जिल्ला कार्यसमितिका सभापतिलाई आज परिपत्र गगर्दै चैत २९ गते अपराह्न ३ बजेभित्र क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको हो।
साथै क्रियाशील सदस्यता नवीकरणका लागि कांग्रेसले तहगत रूपमा मिति तोकेरै कार्यतालिका समेत बनाएको छ।
कांग्रेसले वडा, गाउँ–नगर, प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्र तथा जिल्ला कार्यसमितिलाई कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण गर्नसमेत भनेको छ।