काठमाडौं । राष्ट्रिय परिचयपत्र पालिका तहबाट वितरण गर्ने तयारी गरिएको छ।
आज राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र सम्बन्धि भएको छलफलमा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक युवराज कटेलले यस्तो जानकारी दिनुभएको हो ।
महानिर्देशक कट्टेलले राष्ट्रिय परिचयपत्रमा फर्केट डेटा कलेक्सन गर्न लागिएको समेत जानकारी दिनुभयो। उहाँले माघ भित्रमा ओपन टेन्डरमा जाने र सेवा प्रदायक छनोट गर्ने र केही क्रिटिकल काम बाहेक सबै नेपाल सरकारले गर्ने भन्ने मोडमा पुगिएको बताउनुभयो।
उहाँले रातिको समय कार्ड छाप्ने इन्जिनियरहरूलाई सुविधा दिन नसक्दा त्यो छपाई बन्द भएको बताउनुभयो। उहाँले सिस्टमबारे नागरिक आश्वस्त हुन नसक्दा अदालतमा ५ वटा मुद्दा परेको समेत बताउनुभयो ।