Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओली सरकार विघटन भए लोकतन्त्रमा असर पर्छ : महामन्त्री सिंह

ओली सरकार विघटन भए लोकतन्त्रमा असर पर्छ : महामन्त्री सिंह

  • मंगलवार, मंसिर २ २०७७

  • 1.2K
    SHARES

  • ओली सरकार विघटन भए लोकतन्त्रमा असर पर्छ : महामन्त्री सिंह

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले केपी शर्मा ओली नेतृत्वको वर्तमान् सरकारको स्थायित्वमा जोड दिएको छ । सत्तारुढ नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने मसालको ठहर छ ।

    ‘नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ’, मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    सिंहले अगाडि भन्नुभएको छ, ‘त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिंदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।’

    महामन्त्री सिंहले जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खत्तम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न भइरहेको बताउनुभएको छ ।

     


    मंगलवार, मंसिर २ २०७७०७:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij