Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा बढ्यो’

‘संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा बढ्यो’

  • बिहिवार, माघ ३ २०८१

  • 629
    SHARES

  • ‘संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा बढ्यो’

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गर्नुभएको छ।

    चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै आज उहाँले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा बढेको बताउनुभएको हो।

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भन्नुभयो,‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ, संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ ।’

    दुर्घटनाबाट देशलाई बचाउन उहाँले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गर्नुभयो। प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गर्नुभयो।

    सरकारले पछिल्लोपटक ल्याएका पाँचवटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको प्रचण्डको भनाइ थियो। समितिमै विचाराधीन रहेको विधेयकलाई पनि वास्ता नगरी सरकारले अध्यादेश ल्याएको भन्दै प्रचण्डले त्यसप्रति आपत्ति जनाउनु भयो ।


    बिहिवार, माघ ३ २०८१०४:२३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij