Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बैठकः देउवाले दिए मन्त्रीहरुलाई यस्तो निर्देशन (निर्णयसहित)

कांग्रेस बैठकः देउवाले दिए मन्त्रीहरुलाई यस्तो निर्देशन (निर्णयसहित)

  • बिहिवार, माघ ३ २०८१

  • 934
    SHARES

  • कांग्रेस बैठकः देउवाले दिए मन्त्रीहरुलाई यस्तो निर्देशन (निर्णयसहित)

    काठमाडौं। नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग आज छलफल गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ।

    बैठकमा सभापति देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको भन्दै सहमतिअनुसार नै अघि बढ्न निर्देशन दिनुभयो। उहाँले मुलुकमा सुशासन र आर्थिक समृद्धिका लागि कांग्रेस–एमालेबीच सहमतिका साथ सरकार गठन भएको र यसैमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिएका हुन्।

    त्यस्तै, सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा भइरहेको कामका बारेमा जानकारी गराउनु भएको थियो। मन्त्रीहरूले एमालेसँग भएको समझदारीअनुसार अघि बढिरहेको धारणा राखेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । बैठकले सांसद दिलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।

    संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक–एकजना संयोजक तोक्ने व्यवस्थाअनुसार केही सांसदलाई नियुक्त गर्ने निर्णय गरेको छ भने अदालतमा बहस गरेर निस्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।

    बैठकले सातामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, नागरिकको सुझाव लिने र बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको घिमिरेले बताउनु भयो। त्यस्तै, बैठकले संसदीय समितिमा रहेका विधेयकलाई छिटो पारित गर्न र संविधान कार्यान्वयनका लागि नयाँ विधेयक ल्याउनका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।


    बिहिवार, माघ ३ २०८१०४:१५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij