Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

त्रिविमा मेरिटोक्रेसीको नाममा भएको भागबन्डाको स्ववियूद्वारा कडा आलोचना

त्रिविमा मेरिटोक्रेसीको नाममा भएको भागबन्डाको स्ववियूद्वारा कडा आलोचना

  • बिहिवार, माघ ३ २०८१

  • 652
    SHARES

  • त्रिविमा मेरिटोक्रेसीको नाममा भएको भागबन्डाको स्ववियूद्वारा कडा आलोचना

    काठमाडौं  । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालयका पदाधिकारीहरूले मेरिटोक्रेसीको नाममा गरेको भागबन्डालाई कडा शब्दमा आलोचना गरेको छ।

    स्ववियुका सभापति श्यामराज श्यामराज ओझाले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्ने असल अभ्यासको शुरुवात भएपनि पछिल्लो समय मेरिटोक्रेसीको नाममा उपकुलपति, रेक्टर र रजिस्ट्रारले भागबन्डा गर्दै डिन तथा क्याम्पस प्रमुखहरू नियुक्त गरेकोमा गम्भीर चिन्ता व्यक्त गर्नु भएको हो।

    स्ववियुले विज्ञप्तिमा भनेको छ, "विश्वविद्यालय चलाउने जिम्मेवारी पाएकाहरुले आफ्नो पैतृक सम्पत्ति जस्तो पदहरु बाडेर बस्नु कदापि विश्वविद्यालयको हितमा हुन सक्दैन। पछिल्ला गतिविधि तथा व्यावहारहरुले उहाँहरुको नियुक्तिमा पनि मेरिट बेगरको सेटिङ भएको हुन सक्ने आशंका पैदा हुन थालेको छ।"

    स्ववियुले डिन नियुक्तिमा प्रधानमन्त्रीको घुमाउरो किसिमको प्रभाव/सेटिङ हाबी हुनुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुदैन भन्ने कुरा पुन: स्पष्ट पारेको छ। स्ववियुले पारदर्शिताको अभाव, प्राप्ताङ्क सार्वजनिक नगर्नु, र मेरिटलाई बेवास्ता गर्नु जस्ता कार्यहरूले विश्वविद्यालयको भविष्यमाथि नै प्रश्न उठेको ओझाले उल्लेख गर्नुभएको छ।

    स्ववियुले विज्ञप्तिमा भनेको छ, "युवाहरू विदेश पलायन भैरहेको बेला, निराश विद्यार्थीलाई आशावादी बनाउने एउटै आधार भनेको त्रिभुवन विश्वविद्यालयका हरेक क्रियाकलापको पारदर्शिता हो। तर अहिले विद्यार्थी र विश्वविद्यालयलाई केन्द्रमा राख्नुको सट्टा तीन जना पदाधिकारीहरुले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखी सेटिङमा, मेरिट मिचेर, प्राप्ताङ्क समेत सार्वजनिक नगरि, अपारदर्शी तरिकाले अघि बढ्नुले हामीलाई थप संघर्ष गर्न बाध्य बनाउने निश्चित छ।"

    स्ववियुले विश्वविद्यालयको केन्द्रमा विद्यार्थी, विद्यार्थीका आवश्यकताहरु, विद्यार्थीका सिपहरु, विद्यार्थीको भविष्य हुनुपर्छ भन्ने कुरा पुन:स्मरण गराउदै जिम्मेवार भएर अघि पढ्न पदाधिकारीहरुलाई अनुरोध गरेको छ।

    स्ववियुले यदी विद्यार्थी र विश्वविद्यालयको हितलाई वेवास्ता गरे त्यसको नराम्रो परिणाम भोग्नुपर्ने कुराको चेतावनी समेत दिएको छ।


    बिहिवार, माघ ३ २०८१०४:०२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij