Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले जारी गरेका अध्यादेश राजपत्रमा प्रकाशित

राष्ट्रपतिले जारी गरेका अध्यादेश राजपत्रमा प्रकाशित

  • बिहिवार, माघ ३ २०८१

  • 616
    SHARES

  • राष्ट्रपतिले जारी गरेका अध्यादेश राजपत्रमा प्रकाशित

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएका चार अध्यादेश आज राजपत्रमा प्रकाशित भएका छन्।

    सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गर्नुभएको थियो।

    यसैगरी, राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश भने बुधबार जारी गर्नुभएको थियो भने उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन। गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा कानुन संशोधन गर्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।


    बिहिवार, माघ ३ २०८१०३:१६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij