काठमाडौँ । समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ। आज नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछी पत्रकारहरुलाई जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले बाहिर सकारात्मक सन्देश दिनका लागी कार्यक्रम गर्ने निर्णय गरिएको बताउनुभयो ।
यस्तै कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतालाई बुझाउने विश्वकर्माले जानकारी दिनुभयो।