काठमाडौं। सहकारी ठगी कसुरमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसमा आज रविको तर्फबाट भएको बहस सकिएसँगै न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् ।
आज पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ तथा अभिवक्ताहरु सुरज बस्नेत र सुरेन्द्र थापाले रविको पक्षबाट बहस गरेका थिए ।
रविको पक्षबाट बहस सकिएपछि सरकारी वकिलहरु खणिन्द्र कटुवालले जवाफी बहस,तथा जाहेरीकर्ताको तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेपछी अन्त्यमा रवि लामिछानेले पनि आफ्ना कुरा राखेका छन्।
बहसहरु सकिएपश्चात न्यायाधीसले सबैलाई बाहिर पठाएका छन् र आदेश लेख्ने तयारी गरेका छन् ।