Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा झिनो अंकको वृद्धि, १२४ कम्पनीको मूल्य बढ्यो

नेप्सेमा झिनो अंकको वृद्धि, १२४ कम्पनीको मूल्य बढ्यो

  • बुधवार, माघ २ २०८१

  • 597
    SHARES

  • नेप्सेमा झिनो अंकको वृद्धि, १२४ कम्पनीको मूल्य बढ्यो
    काठमाडौं । साताको चौथौं कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से झिनो अंकले बढेको छ । आज नेप्से १ दशमलव ८३ अंकले बढेर २ हजार ५९५ दशमलव ९६ विन्दुमा रोकिएको छ । नेप्से झिनो अंकले बढ्दा ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर कारोबार भएको छ ।
     
    आज १२४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर हरेको छ ।  दिनभरमा २९९ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ३७४ पटक सेयर किनबेच भएको छ। 
     
    यस्तै २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ । १३ वटा समूहमध्ये आज ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ । बसैभन्दा बढी हाइड्रोपावर समूह १ दशमलव ७६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ । 
     
    आज सबैभन्दा बढी फाइनान्स समूह ३ दशमलव ४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।


    बुधवार, माघ २ २०८१०३:२४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij