Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसँग सभापति देउवाले छलफल गर्दै

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसँग सभापति देउवाले छलफल गर्दै

मन्त्रीहरूको कार्यक्षमतालाई लिएर पार्टीभित्र प्रश्न
  • बुधवार, माघ २ २०८१

  • 960
    SHARES

  • कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसँग सभापति देउवाले छलफल गर्दै
    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलमा बोलाउनुभएको छ। बिहीबार बिहान ८ बजे आफ्नै निवास बूढानीलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीसँग छलफल गर्न लाग्नुभएको हो ।
     
    सभापतिले मन्त्रीहरूलाई प्रगति विवरणसहित उपस्थित हुन निर्देशन दिएको देउवानिकट एक नेताले जानकारी दिनुभयो। सरकारमा सहभागी भएका केही मन्त्रीहरूको कार्यक्षमतालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ। बैठकमा यसबारे पनि छलफल हुनेछ।
     
    सरकारमा सहभागी केही मन्त्रीको पफमेन्स राम्रो नभएको र बेला–बेलामा विवादमा आएर आलोचना भइरहेको भन्दै देउवाले निर्देशन दिनका लागि पनि बैठक आवश्यक परेको स्रोतको भनाई छ।
     
    यसैगरी सरकारका कामका विषयलाई लिएर कांग्रेसकै नेताहरूले विरोध गरिरहेकाले पार्टीभित्र कसरी स्पष्ट पार्ने भन्नेबारेपनि छलफल हुनेछ। कांग्रेसले आउँदो संसद् अधिवेशन प्रभावकारी बनाउनका लागि पनि छलफल गर्दैछ। मन्त्रिपरिषद् बैठकले कतिपय विधेयक संसद्‍मा पेश गर्ने निर्णय गरिसकेको छ भने संसदीय समितिबाट पनि पारित गरेर सदनमा विधेयक पेश गर्ने गरी छलफल अघि बढेको छ।


    बुधवार, माघ २ २०८१०३:१०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij