Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकार गठनको ६ महिना पूरा, कार्यशैलीप्रति सत्तारुढ नेताहरु नै असन्तुुष्ट, विपक्षी दलहरुसँग दूरी बढ्दै (खासखबर)

सरकार गठनको ६ महिना पूरा, कार्यशैलीप्रति सत्तारुढ नेताहरु नै असन्तुुष्ट, विपक्षी दलहरुसँग दूरी बढ्दै (खासखबर)

  • मंगलवार, माघ १ २०८१

  • 848
    SHARES

  • सरकार गठनको ६ महिना पूरा, कार्यशैलीप्रति सत्तारुढ नेताहरु नै असन्तुुष्ट, विपक्षी दलहरुसँग दूरी बढ्दै (खासखबर)

    काठमाडौं। संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाईएको केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भएको छ। कांग्रेससँग गठबन्धन बनाएर गत असार ३० गते एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको शपथ लिनुभएको थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक स्थिरता, संविधान संशोधनदेखि सुशासन सम्मका ७ बुँदामा सहमति गरेर सरकार गठन भएको थियो। तर,सहमतिमा भएका ७ बुँंदामध्ये अहिलेसम्म कुनै पनि कार्यान्वयनको चरणमा छैनन् ।

    पछिल्लो समय संविधान संशोधनका बिषयमा पनि प्र्रधानमन्त्री ओलीले बोली फेर्नुभएको छ। पछिल्लो समय सरकारको व्यापक आलोचना र टिप्पणी हुन थालेको छ भने विपक्षी दल र सरकारबीचको दूरी बढ्दै गएको छ ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताउनुहुन्छ । यो सरकार धेरै नटिक्ने उहाँले पटक पटक बोलिरहनुभएको छ।

    प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेको टिप्पणी गर्नुहुन्छ ।

    वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको सत्तापक्षकै नेताहरुले बेलाबेला टिप्पणी गरिरहेका छन्। सरकारका केहि निर्णयप्रति पनि असहमति राखेका छन्। नेकपा एकीकृत समाजवादीका पमहासचिव मेटमणि चौधरीले प्रधानमन्त्री ओलीका कारण नेपालको लोकतन्त्रमा खतरा रहेको बताउनुहुन्छ ।

    प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत शासन गर्न खोजेको, सुशासन दिन नसकेको, आफूमाथि उठेका कयौं प्रश्नहरुको जवाफ नदिएको, जनतालाई निराश बनाएको र लोकतन्त्र मास्न उद्धत भएको नेता चौधरीको आरोप छ । सरकारले ६ महिनामा केहि पनि गर्न नसकेको टिप्पणी उहाँको छ ।

    वर्तमान सरकार सुशासनका लागि नबनेको प्रतिपक्षी दलले आरोप लगाइरहेका छन्। सरकार संविधान संशोधनको एजेण्डाबाट पनि पछि हटेको भन्दै आपत्ति जनाएका छन्। साथै सरकारले भर्खरै मात्र ल्याएको अध्यादेशवारे पनि विरोध जनाउदै आएका छन्।

    तर सरकारले जनताको पक्षमा काम गरिरहेको जिकिर गरिरहेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जसले जे भनेपनि सरकारले दृढताका साथ काम गरिरहेको जिकिर गर्नुहुन्छ ।

    हिजोको सरकारसँग आजको सरकारलाई तुलना गर्न नहुने तर्क उहाँको छ। सरकारले राम्रो काम गरिरहेको भन्दै मन्त्री अधिकारीले जनताले सरकारले गरेको काम आफै बुझेर सरकार ठिक छ भन्ने प्रतिकृया दिने उहाँको दाबी छ ।

    कांग्रेस र एमालेसहितका दलहरू मिलेर बनेको ओली नेतृत्वको सरकारबाट जनताले सरकारको स्थायित्व हुने र आर्थिक विकास, सुशासनमा काम हुने आशा र अपेक्षा गरिरहेका छन् । तर विपक्षीले दिनहँु सरकार चाडै ढल्छ भन्दै हिडिरहेका छन् भने सरकारले दिनदिनै ढल्दैन भन्ने स्पष्टिकरण दिइरहनुपरेको अवस्था पनि छ ।

    ओली सरकार गठन भएयताको ६ महिनामा आम निराशा कायमै रहेको छ । त्यसैले जनतालाइ राहतको महसुस हुनेगरि काम गर्न सरकार अझ बढि अग्रसर भएर काम गर्न जरुरी छ ।

     


    मंगलवार, माघ १ २०८१०८:०३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij