Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मधेसवादी दलहरु मोर्चा गठनको गृहकार्यमा

मधेसवादी दलहरु मोर्चा गठनको गृहकार्यमा

  • मंगलवार, माघ १ २०८१

  • 617
    SHARES

  • मधेसवादी दलहरु मोर्चा गठनको गृहकार्यमा

    काठमाडौं। मधेश केन्द्रित राजनीतिक दलहरु मधेसी मोर्चा गठनको गृहकार्यमा जुटेका छन्। जसअनुसार आज बसेको बैठकमा दल र नेताहरुले संविधान संशोधनको बेलामा मधेशका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन्।

    मधेश केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठकले आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो। धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताउनु भयो।

    संविधान संशोधनलगायतमा मधेशको मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने उहाँले बताउनुभयो। बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ।

    सरकारले संविधान संशोधनको एजेन्डा अघि सारेपछि मधेश केन्द्रित दलहरू एकजुट भएर मोर्चा बनाउने प्रयासमा छन्।

    बैठकमा जनमत, जसपा, लोसपा, राष्ट्रिय मुक्ति मोर्चा, जनप्रगतिशील, तमलोपालगायत दलका नेताहरुसँगै स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी हुनुहुन्थयो। बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने सहभागी भएन ।


    मंगलवार, माघ १ २०८१०७:४१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij