Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, आजै शपथ (सूचीसहित)

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, आजै शपथ (सूचीसहित)

  • सोमवार, पौष २९ २०८१

  • 955
    SHARES

  • ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, आजै शपथ (सूचीसहित)
    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमि समस्या स्थायी रूपमा समाधान हुने बताउनुभएको छ । 
     
    आज काठमाडौंमा भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूको शपथ ग्रहण कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले भूमि क्षेत्रमा भएका महत्त्वपूर्ण कामहरूको जानकारी गराउँदै अहिले गठन भएको भूमि आयोग अन्तिम आयोग रहने उल्लेख गर्नुभयो । आयोगको ३ वर्षे कार्यकालमा भूमि समस्या स्थायी रूपमा समाधान हुने उहाँले बताउनुभयो । 
     
    मन्त्री अधिकारीले भूमि र सहकारी क्षेत्रको समस्या समाधान वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेकाले अध्यादेशमार्फत भूमि ऐन र सहकारी नियमन प्राधिकरण गठन गरिएको उल्लेख गर्नुभयो । 
     
    संसदमार्फत ऐन ल्याउँदा लामो समय लाग्ने र समस्या समाधानमा विलम्ब हुने देखेर सरकारले फाष्ट्रयाकमार्फत ऐन ल्याएको स्पष्ट पार्नुभयो । भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र सबै जिल्लामा देखिएका भूमि समस्या स्थायी रूपमा समाधान गर्ने गरी काम गर्न मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।
     
    कार्यक्रममा ७१ जिल्लाका भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरूलाई मन्त्री अधिकारीले शपथ गराउनुभएको थियो । पहिलो चरणमा प्राविधिक कारणले शपथ हुन नसकेका ६ जिल्ला र ७७ वटै जिल्लाका भूमि समस्या समाधान आयोगका सदस्यहरूको सम्बन्धित प्रदेशमै शपथग्रहण कार्यक्रम आयोजना गरिने मन्त्रालयले जनाएको छ । 
     


    सोमवार, पौष २९ २०८१०५:२२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij