Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै झुटो प्रचार भयो: प्रधानमन्त्री

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै झुटो प्रचार भयो: प्रधानमन्त्री

  • सोमवार, पौष २९ २०८१

  • 544
    SHARES

  • दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै झुटो प्रचार भयो: प्रधानमन्त्री
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताउनुभएको छ।
     
    नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुटो भ्रम फैलाइएको बताउनुभयो। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उहाँको भनाइ छ।
     
    प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताउनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवाबाट अध्यादेशको विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्ने उहाँले बताउनुभयो ।
     
    ‘यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
     
    अध्यादेशलाई राति राति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उहाँले देश र जनताका पक्षमा आफूहरूले दिन–रात नभनी काम गरेको बताउनुभयो। सञ्चार क्रियाकलापका नाममा किर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाउनुभयो। 


    सोमवार, पौष २९ २०८१०३:३९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij