Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल विद्यार्थी संघको नयाँ विधान मस्यौदा तयार

नेपाल विद्यार्थी संघको नयाँ विधान मस्यौदा तयार

  • सोमवार, पौष २९ २०८१

  • 470
    SHARES

  • नेपाल विद्यार्थी संघको नयाँ विधान मस्यौदा तयार

    काठमाडौं। नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनका लागि विधान मस्यौदा तयार भएको छ।विधान संशोधन एवं परिमार्जन समितिले तयार पारेको मस्यौदालाई समितिका संयोजक नगेन्द्र प्रसाद आचार्य (एन.पि)ले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई हस्तान्तरण गरेका हुन्।

    समितिले तयार पारेको मस्यौदामा नेपालको संविधानको भावनाअनुकूल समावेशीता र प्रगतिशीलतालाई प्राथमिकता दिइएको छ। यसले संघका सम्पूर्ण सदस्यहरूलाई समेट्ने र संस्थागत रूपमा स्पष्ट उद्देश्य तथा दूरदृष्टि प्रदान गर्ने विश्वास समितिको छ।

    विधान संशोधन कार्यले संघलाई अझ सशक्त, समावेशी र प्रगतिशील बनाउन महत्वपूर्ण योगदान पु¥याउने संयोजक आचार्यको विश्वास छ। उहाँका अनुसार नयाँ विधानले संघलाई समयसापेक्ष बनाउँदै संगठनलाई थप मजबुत बनाउनेछ।

    विधान मस्यौदामा विभिन्न जातजाति, लिंग, क्षेत्र र विचारधाराका विद्यार्थीहरूलाई समेट्ने गरी प्रस्ताव गरिएको छ।विधानले समाज परिवर्तनका लागि विद्यार्थीहरूलाई प्रेरित गर्ने र समाजवाद उन्मुख नेपाल निर्माणमा योगदान पु¥याउने उद्देश्य राखेको संयोजक आचार्यले जानकारी दिनुभयो ।

    नयाँ विधान मस्यौदामाथि अब विस्तृत छलफल हुनेछ र पारित भएपछि यसले नेपाल विद्यार्थी संघको भावी गतिविधिलाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।


    सोमवार, पौष २९ २०८११०:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij