Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘यही कार्यकालमा सहकारी समस्या समाधान गर्छु’

‘यही कार्यकालमा सहकारी समस्या समाधान गर्छु’

  • सोमवार, पौष २९ २०८१

  • 494
    SHARES

  • ‘यही कार्यकालमा सहकारी समस्या समाधान गर्छु’

    काठमाडौं। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नै कार्यकालमा सहकारी समस्या समाधान गर्ने दाबी गर्नुभएको छ। सहकारी पीडितहरुलाई रकम फिर्ताको प्रक्रियासमेत थालिसकिएकोले आफ्नो यही कार्यकालमा समस्या समाधान हुने जिकिर गर्नुभयो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा मन्त्री अधिकारीले अहिलेसम्म ६ हजार ५९३ जना सहकारी पीडितले रकम फिर्ता पाएको रअन्य समस्याग्रस्त सहकारीका विषयमा पनि अध्ययन, अनुसन्धान, प्रक्रिया जारी रहेकोले पीडितले न्याय पाउने र पीडकले सजाय पाउने बताउनुभयो।

    उहाँले सरकारले जनताले अनुभुत गर्नेगरी आफ्नो तर्फबाट योजनाबद्ध तवरले काम थालनी गरिसकेकोले छिट्टै प्राधिकरणको माध्यमबाट टुँगो लगाउने बताउनु भयो।

    फरक प्रसङ्गमा उहाँले सरकारले अहिले आवश्यकताअनुसार र जनताका समस्या समाधान गर्न नीति र विधी अनुसार नै विभिन्न अध्यादेश ल्याइएको दावी गर्नुभयो । उहाँले आगामी माघ पहिलो हप्ता नै संसद हिउँदे अधिवेशन आह्वान गर्ने बताउनु भयो।


    सोमवार, पौष २९ २०८१०९:३१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij