Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थुनछेक बहस नभएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

थुनछेक बहस नभएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो

  • आइतवार, पौष २८ २०८१

  • 908
    SHARES

  • थुनछेक बहस नभएपछि रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो
    काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।
     
    न्यायाधीश माधवप्रसाद अधिकारीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन् । अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राख्ने तयारी छ । 
     
    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका थिए । उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
     
    उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए । रविले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेका थिए । तर, सरकारी वकिलले उनको बयान पढ्न समय माग गरेका थिए । तर न्यायाधीश अधिकारीले इजलासबाट समान व्यवहार गर्नुपर्ने भएकाले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने बताएका थिए ।
     
    रविविरुद्ध बहस गर्न काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन् ।
     
    पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौं अदालतमा आफै उपस्थित हुन पुगेका हुन् ।
     


    आइतवार, पौष २८ २०८१०४:३७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij