Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा होः अर्थमन्त्री पौडेल

जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा होः अर्थमन्त्री पौडेल

  • शनिवार, पौष २७ २०८१

  • 434
    SHARES

  • जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा होः अर्थमन्त्री पौडेल

    काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी साझा मुद्दा भएको बताउनु भएको छ।

    आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनु भएको हो। उहाँले यसका असरहरू आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएको बताउनु भयो।

    उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको उल्लेख गर्नुभयो।

    नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै पौडेलले आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गर्नुभयो।


    शनिवार, पौष २७ २०८१०७:३२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij