काठमाडौं। न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सिफारिस हुनु भएको छ।
नेपाल बार एसोसिएसनको आज बसेको कार्यसमितिको बैठकले खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको महासचिव अञ्जिता खनालले जानकारी दिनुभयो ।
संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनुहुने छ। गत मंसिर १५ मा रामप्रसाद श्रेष्ठको पदावधि सकिएकाले त्यसयता न्यायपरिषद् सदस्यको पद रिक्त थियो।