काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उहाँहरुबिच मुलुकको समसामयिक विषयमा छलफल भएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो।