Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • शुक्रवार, पौष २६ २०८१

  • 646
    SHARES

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    काठमाडौं । सरकारले फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँगसम्बन्धी कार्यक्रममा सहभागी हुन वनराज्य मन्त्रीलाई स्वीकृत प्रदान गरेको छ। पुस २३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठक वनराज्य मन्त्रीलाई स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको छ ।
     
    त्यस्तै सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय भएको छ ।
     
    बैठकले माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
     
    यस्तै सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । 
     
    मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ । 
    poush-23_cabi-nirnaya-1736493040.jpg
     
     
     


    शुक्रवार, पौष २६ २०८१०३:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij