Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका धकेल्दा कांग्रेसमा तरंग, सातबुँदे सहमतिको अपमान भएको तर्क, एमालेको खण्डन (खासखबर)

प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका धकेल्दा कांग्रेसमा तरंग, सातबुँदे सहमतिको अपमान भएको तर्क, एमालेको खण्डन (खासखबर)

  • बिहिवार, पौष २५ २०८१

  • 667
    SHARES

  • प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका धकेल्दा कांग्रेसमा तरंग, सातबुँदे सहमतिको अपमान भएको तर्क, एमालेको खण्डन (खासखबर)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले सत्ता सहयात्री दल नेपाली कांग्रेस झस्किएको छ ।

    ओलीले अहिलेको संसद्को अवधिभित्रै संविधान संशोधन हुन नसक्ने अभिव्यक्तिलाई लिएर कांग्रेसभित्र तरंग पैदा भएको हो । पार्टीको केन्द्रीय कमिटी बैठक मार्फत प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले संविधान संशोधन २०८७ सालमा हुन्छ भनेर बोल्नुभएको बिषय बाहिरिएको थियो ।

    प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमतिमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने विषय प्राथमिकताका साथ उठाइएको थियो । तर, अहिले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि सातबुँदे सहमतिको अपमान भएको टिप्पणी हुन थालेको छ ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संविधान संशोधनका बिषयमा दिनुभएको भनाइप्रति विमति राख्नहुन्छ । संविधान संशोधन गर्न राष्ट्रिय सभामा माओवादी केन्द्रको सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाइको गणित नपुग्ने कांग्रेस महामन्त्री शर्माको भनाई छ ।

    महामन्त्री शर्माले यदि ०८७ मै संविधान संशोधन गर्ने भएपनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने तर्क गर्नुहुन्छ।

    कांग्रेसले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताउदै आएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिको अपमान गरेको बताउनुहुन्छ ।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते सत्ता गठबन्धन बनाउने सहमति हुँदा संविधान संशोधन मुख्य विषय थियो । नेता भीम रावल संविधान संशोधनका नाममा जनतालाई झुक्याउने प्रयास भइरहेको बताउनुहुन्छ । जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने तर्क रावलकोे छ ।

    संविधान संशोधनको बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिमाथि टिकाटिप्पणी सुरु भएपछि नेकपा एमालेले भने कांग्रेससँग भएको सात बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको दाबी गरेको छ । एमाले नेता ठाकुर गैरेले संविधान संशोधनका लागि एमाले प्रतिवद्ध रहेको र त्यसका लागि क्रियाशील रहेको बताउनुहुन्छ ।

    अव आउने संसदको हिउँदे अधिवेशनबाटै पनि संविधान संशोधन गर्न नेकपा एमाले तयार रहेको नेता गैरेको दाबीे छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आशय माओवादी र अन्य दलहरुलको प्रस्तुतिको आधारमा उनीहरुको साथ नहुने हो भने संविधान संशोधनका लागि समय लाग्छ भन्ने रहेको गैरे तर्क गर्नुहुन्छ ।

    सत्ताधारी नेपाली कांग्रेस र एमालेले एउटा कार्यदल बनाएर संविधान संशोधनको काम थाल्ने जनाएका बेला प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले आशंका त पक्कै पैदा भएको छ । संविधान संशोधनबारे साझा धारणा बनाउन विपक्षी दलहरू पनि तयारि गर्दै गरेको अवस्थामा अहिले आएर प्रधानमन्त्री ओलीले संविधान संशोधनको भाका ५ वर्ष धकेल्दा तरंग पैदा भएको हो र टिकाटिप्पणी पनि सुरु भएका हुन् ।


    बिहिवार, पौष २५ २०८१०८:२३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij