काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। आज थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश दिनुभएको हो।
संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा पुस २४ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंसहित ३ जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको थियो ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरिएको थियो ।मैनाली फरार छन् ।