Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश, कसलाई कति धरौटी माग ?

रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश, कसलाई कति धरौटी माग ?

  • बिहिवार, पौष २५ २०८१

  • 1.2K
    SHARES

  • रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश, कसलाई कति धरौटी माग ?

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

    न्यायाधीश नीतिज राईको इजलासमा जिल्ला अदालत कास्कीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो। अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीबाहेक रिहा हुनेछन्।

    उनीहरूलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्काल रिहा गरिनेछैन।रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

    लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।

    न्यायाधीश नीतिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको हो। छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरू दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।

    छविलाई पक्राउ गरेपछि कास्की प्रहरीले अन्य प्रतिवादीहरूलाई पनि पक्राउ गरेको हो। तर प्रतिवादी बनाइएका मध्ये अधिकांश फरार छन्। सातै जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ। उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो।


    बिहिवार, पौष २५ २०८१०६:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij