Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली

झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली

  • बिहिवार, पौष २५ २०८१

  • 806
    SHARES

  • झिंगाले सरापेर डिंगा मर्दैन : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गर्नुभएको छ ।

    आज एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागेपनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताउनुभयो ।

    एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरुलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले आफू एउटा इमान्दारिताका साथ काम गर्ने व्यक्ति भएको बताउनुभयो। झिंगाले सरापेर डिंगा नमर्ने भन्दै अरुले सरापेर एमाले नसकिने टिप्पणी गर्नुभयो ।


    बिहिवार, पौष २५ २०८१०५:३९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij