काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिमा साक्षरता अभियान तीव्र बनाउनुपर्ने बताउनु भएको छ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाइ दुर्गम तथा न्युन आय भएका वर्ग लगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पु¥याउन बिमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन उद्धत रहेको उल्लेख गर्नुभयो। उहाँले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशिल समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशिल रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले बीमा क्षेत्रको प्रवद्र्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले सबै कार्यक्रममा मन्त्रीलाई बोलाउनुपर्छ भन्ने मान्यताबाट बाहिर निस्किन आग्रह गर्नुभयो ।