काठमाडौं। बाक्लो हुस्सु र शीतलहरले अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४, दाउन्नेस्थित खुर्सानीखोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
निरन्तरको प्रयासपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो।
आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध सडक दिउँसो २ बजेदेखि एकतर्फी सञ्चालनमा आएको बताउँदै उहाँले सवारीसाधनलाई सवारी पासको आधारमा आलोपालो सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो। सडक पूर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने उहाँको भनाई छ।