Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार गर्दैछ : अर्थमन्त्री पौडेल

सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार गर्दैछ : अर्थमन्त्री पौडेल

  • बुधवार, पौष २४ २०८१

  • 572
    SHARES

  • सरकार अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार गर्दैछ : अर्थमन्त्री पौडेल

    काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनु भएको छ।

    अन्तर्राष्‍ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरुलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरु अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराउनुभयो। उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकताअनुसार अघि बढाउने बताउनभुयो ।

    अर्थमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास व्यक्त गर्नुभयो।

    उहाँले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गर्नुभयो।

     


    बुधवार, पौष २४ २०८१०४:२१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij