Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक अन्यौलमा, दुवै पक्ष आ–आफ्नै अडानमा

नेकपा सचिवालय बैठक अन्यौलमा, दुवै पक्ष आ–आफ्नै अडानमा

  • मंगलवार, मंसिर २ २०७७

  • 1.1K
    SHARES

  • नेकपा सचिवालय बैठक अन्यौलमा,  दुवै पक्ष आ–आफ्नै अडानमा

    काठमाडौं । सत्तारुढ नेकपाको भोली बस्नेगरी तय गरिएको सचिवालय बैठक थप अन्यौलमा परेको छ । गत शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नु भएको राजनीतिक प्रस्तावमा विवाद भएकाले बैठक अन्यौलमा परेको हो ।

    पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उहाँ पक्षका नेताहरुले प्रचण्डको प्रस्ताव गैरराजनीतिक र कुण्ठापत्र मात्रै भएकाले त्यस बारेमा बैठकमा छलफल गर्न नसकिने बताएका छन् । उनीहरुले प्रचण्डको प्रस्ताव फिर्ता नहुँदा सम्म सचिवालय बैठक नबस्ने दावी पनि गरेका छन् ।

    तर प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले भने प्रस्ताव पाँच नेताहरुले संयुक्त रुपमा तयार पारेकाले त्यसबाट भाग्न नमिल्ने अडान राखेका छन् । एउटा पक्ष प्रचण्डको प्रस्ताव तत्काल फिर्ता हुनु पर्ने फिर्ता नहुदासम्म बैठक बस्न नसकिने अडानमा र अर्को पक्ष प्रचण्डको प्रस्तावमाथी तत्काल छलफल गर्नु पर्ने अडानमा रहेकाले बैठक थप अन्यौलमा परेको हो ।

    पार्टीभित्र उत्पन्न संकट समाधान गर्न पार्टी कमिटीको बैठक आवश्यक हुने भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्ष बैठक नबस्ने रणनितीमा रहेको प्रचण्ड पक्षको आरोप छ । ओली पक्षले बैठकलाई महत्व नदिएको र प्रधानमन्त्री स्वयं पनि बैठक कसरी छल्ने भन्नेमा मात्रै केन्द्रित रहेको उनीहरुको भनाई छ ।

    यसअघिको सचिवालय बैठकले नै भोलीको बैठक तय गरेकाले बैठक स्थगित हुने संभावना कम रहेको नेताहरुले बताएका छन् । बरु बैठकमा प्रधानमन्त्री ओली र उहाँ पक्षका नेताहरु सहभागी नहुने र बैठकलाई अनिर्णित बनाइदिने संभावना रहेकोे छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठकमा समेत ओली पक्ष अनुपस्थित रहेको थियो ।

    सो बैठकमा वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्रै सहभागी हुनु भएको थियो । भोलीको बैठक पनि त्यस्तै हुने अनुमान गरिएको छ ।

    गत शुक्रबारको ४० मिनेट आफुमाथि प्रहार भएको भन्दै प्रधानमन्त्री ओलीले शनिबार नेता माधव नेपाल र उपाध्यक्ष गौतमलाई छुट्टाछुट्टै भेट गरी कार्यकारी अध्यक्ष प्रचण्डको साथ छाडेर आफुलाई सघाउन आग्रह गर्नु भएको थियो । ओलीको आग्रहलाई नेपाल र गौतम दुवैले अस्वीकार गरिसक्नु भएको छ । उहाँहरुले साथ नदिएकाले पनि प्रधानमन्त्री ओली बैठक टार्ने रणनीतिमा रहेको देखिएको छ।


    मंगलवार, मंसिर २ २०७७०९:२४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij