Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कुलमानलाई ऊर्जा मन्त्रालयको सात दिने स्पष्टीकरण

कुलमानलाई ऊर्जा मन्त्रालयको सात दिने स्पष्टीकरण

  • सोमवार, पौष २२ २०८१

  • 929
    SHARES

  • कुलमानलाई ऊर्जा मन्त्रालयको सात दिने स्पष्टीकरण
    काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि स्पष्टीकरण सोधेको छ।
     
    मन्त्रालयले सोमबार (पुस २२) मा मन्त्रालयले ७ दिनको म्याद दिएर कुलमानलाई स्पष्टीकरण दिन पत्राचार गरेको हो। 
     
    ऊर्जामन्त्रीका रुपमा कांग्रेस नेता दीपक खड्का आएपछि स्पष्टीकरण सोधिएको यो तेस्रो पटक हो। यद्यपि, यसअघि विभिन्न प्रश्नहरू सोधी विवरण माग गरिएको थियो भने यसपालि स्पष्टीकरण नै भनिएको छ।
     
    मन्त्रालय स्रोतका अनुसार, उनीमाथि माग गरिएका विवरण उपलब्ध नगराएको, गोलमटोल जवाफ दिएको र कार्यसम्पादन सम्झौताअनुसार काम गर्न नसकेको लगायत आरोप पत्रमा लगाइएको छ। 
     
    मन्त्रालयका सचिव सुरेश आचार्यले लेखेको पत्रमा ९ वटा बुँदामा प्रश्न सोधी कुलमानसँग जवाफ मागिएको छ।


    सोमवार, पौष २२ २०८१०७:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij