Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादी केन्द्रीय समिति बैठकमा विरोध

पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादी केन्द्रीय समिति बैठकमा विरोध

  • सोमवार, पौष २२ २०८१

  • 477
    SHARES

  • पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादी केन्द्रीय समिति बैठकमा विरोध

    काठमाडौं। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ ।

    बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहनुभएका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताउनुभएको हो ।

    ‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा भन्नुभयो, ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।’

    उहाँले अध्यक्षको प्रतिवेदन समग्रमा राम्रो रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभयो। उहाँले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम र अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब कामलाई जनताको बीचमा पुर्याएर स्थापित गर्नुपर्ने धारणासमेत राखेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।


    सोमवार, पौष २२ २०८१०३:३८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij