काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे सुरु हुनेछ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने र त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेपछी २७ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको गौतमले जानकारी दिनुभयो।