काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवसरवादी वर्तमान सरकार देशका लागी घातक रहेको आरोप लगाएको छ। माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली चरम अवसरवादी रहेकोले देश थप संकटतर्फ जाने निश्चीत रहेको आरोप लगाउनु भएको हो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा गजुरेलले माओवादी केन्द्रसँगको सहमती लाई धोका दिएर ओलीले कांग्रेससँग स्वार्थ केन्द्रित गठबन्धन गरेकोले देशलाई नै थप संकटतर्फ धकेल्ने आरोप लगाउनु भयो ।
उहाँले माओवादी अब सरकार ढाल्न नभै जनताका समस्या र मुद्दामा लाग्ने बताउनुभयो । नेता गजुरेलले बर्तमान सरकार स्वार्थका लागी बनेको र केही दिनमै स्वार्थ नमिलेपछी आँफै ढल्ने भएकोले कसैले ढलाउनुपर्ने टिप्पणी गर्नुभयो ।
उहाँले माओवादीले पार्टीभित्रको आन्तरीक तयारी पुरा गरी छिट्टै जनतामाझ जाने र आउँदो चुनावमा एक्लै बहुमत ल्याउने र सरकारको नेतृत्व गरी देशलाई विकास र समृद्धीमा लैजाने निजकिर गर्नुभयो ।