काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठवन्धनमा कुनै पनि समस्या नरहेको दाबी गरेको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस एमालेबीच कुनैपनि अहिले खटपट हुनुपर्ने कुनै विषय नै नरहेकोले आगामी चुनावसम्मै सरकार टिकने जिकिर गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने सिके राउत नेतृत्वको जनमत पार्टीको चेतावनीका सन्दर्भमा देश बनाउने र टुँगो लगाउने अभिभारा महसुस गरी एक भएका मुख्य दुई दल कांग्रेस एमाले गम्भिर रहेकोले अन्य दल केही बोल्दैमा फरक नपर्ने दाबी गर्नुभयो।
उहाँले सिके राउत, प्रभु शाह लगाएत आफ्नो स्वार्थ केन्द्रित रहेको आरोप लगाउँदै जनमत केन्द्र र मधेस प्रदेश सरकारबाट जनमत बाहिरिए पनि कांग्रेस एमालेले सरकार बनाउने भएकोले कुनै असर नपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस र एमाले दुबै दलले सात बुँदे सहमती अक्षरस कार्यान्वायन गर्ने दाबी गर्दै अहिलेको सरकारले देशको विकास समृद्धी हासिल गर्न नसके अन्य कुनै पनि दलको सरकारले देशलाई निकाश दिन नसक्ने दाबी गर्नुभयो ।
सहमहामन्त्री यादवले कांग्रेसमा आन्तरिक अन्तर्घातको सामान्य समस्या रहेपनि बाहिर देखिएजस्तो क्रियासिल सदस्यता विवाद भित्र नरहेको दाब्ी गर्दै आगामी चुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने दाबी गर्नुभयो ।