Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

संविधानलाई संशोधन गर्नैपर्ने आवश्यकता छ : महामन्त्री थापा

संविधानलाई संशोधन गर्नैपर्ने आवश्यकता छ : महामन्त्री थापा

  • शनिवार, पौष २० २०८१

  • 571
    SHARES

  • संविधानलाई संशोधन गर्नैपर्ने आवश्यकता छ : महामन्त्री थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई जीवन्त राख्न संशोधन गर्नै पर्ने आवश्यकता रहेको बताउनुभएको छ।

    नेपाली कांग्रेस गण्डकी प्रदेश, प्रदेश तथा स्थानीय विभागद्वारा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले गणतन्त्र, सङ्घीयता र समावेशीलाई नचलाई आवश्यकता अनुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो।

    महामन्त्री थापाले यसका लागि कांग्रेस र एमाले पार्टीबिच संयन्त्र बनिसकेको बताउँदै माओवादीलगायतका अन्य पार्टीबिच पनि सहमति गरी यस प्रक्रियालाई मूर्त रूप दिनुपर्नेमा जोड दिनुभयो।

    निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठुलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको बताउनुभयो। गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव उहाँले सुनाउनुभयो।

    महामन्त्री थापाले सुशासनका बारेमा बोल्दै सरकारमा रहँदासम्म एक अर्का पार्टीका नेता मह जोडीजस्तै देखिने र छुटेपछि धारे हात लगाउने प्रवृत्तिको अन्त्य गर्न अहिलेसम्म ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिनुभयो।

     


    शनिवार, पौष २० २०८१०८:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij