काठमाडौं। नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरण गरिसक्ने भएको छ।
कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) रहनु भएको छ।
उक्त समितिको आज बसेको बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको नेतृ गुरुङले जानकारी दिनुभयो ।
गुरुङले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न अध्ययन गरी आवश्यक निर्णय लिने निर्णय गरिएको पनि जानकारी दिनुभयो । समितिको अर्को बैठक पुस २६ गते फेरि बस्ने छ ।