काठमाडौं। गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ।
आज जिल्ला सुरक्षा समितिको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको भन्दै सीमित स्रोत साधनकाबिच पनि गम्भीर भएर काम गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री लेखकले सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रह समेत गर्नुभयो ।
मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाउन जोड दिनुभयो ।