Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेसहित ७ जनाकै बयान सकियो

रवि लामिछानेसहित ७ जनाकै बयान सकियो

  • मंगलवार, पौष १६ २०८१

  • 767
    SHARES

  • रवि लामिछानेसहित ७ जनाकै बयान सकियो

    काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ।

    कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालकाअनुसार आज दिउँसो रविसहित मुद्दा दर्ता भएका सातै जनाको बहस सकिएको थुनछेक बहस सुरु भएको छ।

    रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिएको हो।

    थुनछेक बहसको पहिलो दिन सरकार (बादी)पक्षबाट दुई जना सरकारी वकिलले बहस गरेको छन्। भोली पनि बादी पक्षबाटै सरकारी वकिलहरूले बहस गर्नेछन्। सरकारी वकिलले बहस गरिसकेपछि प्रतिवादी पक्षका वकिलहरूले आआफ्ना प्रतिरक्षा बहस गर्नेछन्।

    प्रतिवादी पक्षका वकिलहरूको बहस बिहीबारबाट मात्रै हुनसक्ने सम्भावना रहेको छ। त्यसपछि पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।


    मंगलवार, पौष १६ २०८१०७:५८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij