काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।
भट्टराई निवासमा भएको भेटका क्रममा देशको अर्थ, राजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको बताइएको छ ।
भट्टराईलाई भेट्नका लागि गौतम र युवा उद्यमी समेत रहेका गृहेन्द्र घिमिरे निवासमा गएका थिए । भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श भयो भन्दै लेख्नुभएको छ ।
भट्टराईले वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आउनुभएको छ भने रास्वपा पनि वैकल्पिक शक्ति बन्ने उद्देश्यका साथ स्थापना भएको हो ।