काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
नेकपा एसको पार्टी मुख्यालय आलोक नगरमा पार्टी एकीकरणको विषयमा दुई नेताबीच निर्णायक वार्ता भएको हो। गौतमलाई पार्टीमा तेस्रो वरीयता दिने सहमति यसअघि नै भइसकेको थियो । आज पनि यो विषयमा छलफल भएको छ ।
गौतमको भूमिका र वरीयताबारे सहमति भए पनि अभियानका अन्य नेताहरूको अवस्थाबारे भने कुनै सहमति भइसकेको छैन । अध्यक्ष नेपालसँग वार्तापछि नेता गौतमले सकारात्मक छलफल भएको प्रतिक्रिया दिनु भएको छ।