काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुभएको हो। उहाँले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्नुभयो।
साथै प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना पनि प्रकट गर्नुभएको हो। अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको सय वर्षको उमेरमा हिजो जर्जियाको सानो सहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो।