Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल र चीनको विश्वविद्यालयबीच सहकार्य सम्झौता

नेपाल र चीनको विश्वविद्यालयबीच सहकार्य सम्झौता

  • सोमवार, पौष १५ २०८१

  • 682
    SHARES

  • नेपाल र चीनको विश्वविद्यालयबीच सहकार्य सम्झौता

    काठमाडौं। लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच एक महत्वपूर्ण सहकार्य सम्झौता भएको छ।

    आज प्रधानमन्त्री निवास, बालुुवाटारमा आयोजित एक कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सम्झौतापछी सहमतिपत्र आदानप्रदान भएको हो ।

    समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन्। यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुने बताइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको गत मङ्सिर १७ गतेदेखि २० गतेसम्म भएको औपचारिक भ्रमणका क्रममा चीनसँग स्वयंसेवी चिनियाँ भाषा शिक्षणसम्बन्धी समझादारी भएको थियो।


    सोमवार, पौष १५ २०८१०३:५३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij