Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन

  • आइतवार, पौष १४ २०८१

  • 449
    SHARES

  • संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन
    काठमाडौं ।  संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
     
    सिंहदरबारमा आज बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै उहाँको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । 
     
    मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाइ पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो ।
     
    सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर त्यही अनुसारको सिफारिस गरेको भन्दै धन्यवाद दिनुभयो । आगामी दिनमा पनि संविधानको भावना अनुसार समावेशीताका आधारमा सिफारिस हुने उहाँको विश्वास छ ।
     
    त्यसअघि संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलंकासँग आर्थिक कूटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक विकासका लागि भूमिका खेल्ने बताउनुभयो । 
     
    त्यस्तै उहाँले धार्मिक पर्यटन वृद्धि गर्न पनि श्रीलंकामा आवश्यक काम गर्ने जिकिर गर्नुभयो  । संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
     


    आइतवार, पौष १४ २०८१०४:२१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij